काठमाडौं । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहनुभएका चंकी क्षेत्री निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बीमक संघको अध्यक्षमा चयन हुुनुभएको छ । शुक्रबार राजधानीमा सम्पन्न संघको अधिवेशनमा क्षेत्रीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष क्षेत्री यसअघि संघको महासचिव हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैद्यवार चयन हुनुभएको छ भने महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का, कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ निर्विरोध हुनुभएको हो । संघको अन्य सदस्यहरूमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्रचार्य, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, राष्ट्रिय बीमा कम्पनीका सुवास कोइराला, जनरल इन्स्योरेन्सका रामचन्द्र श्रेष्ठ र ओरियन्टलका विनोद घाते निर्विरोध चयन हुनुभएको छ ।