free website hit counter

नेपाल लाइफद्वारा आगामी रणनीति तर्जुमा

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१र८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको हो । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक र अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको समेत बताए । उनले अहिले सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिक बीच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरू, कर्मचारीहरू तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । यस्तै उनले कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिइएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई लागिपर्ने सो अवसरमा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए । यस्तै कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगी हातहरूप्रति आभर प्रकट गरे ।

सम्बन्धित समाचार

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

beemaadmin
२०८१ मंसिर २६, बुधबार

एचआईडिसिएलको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर २६, बुधबार