free website hit counter

नेपाल लाइफले उठायो तीन महिनामा ९.७४ अर्ब बीमा शुल्क

beemaadmin
२०७८ मंसिर १, बुधबार

काठमाण्डौ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ७४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ९.२१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब २० करोड आर्जन गरेको छ। गत वर्ष यस्तो आय १ अर्ब ६८ करोड रुपैयाँमात्र थियो। यो अवधिमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ९.९४ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको नाफा ९६.९३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा २२ करोड ९० लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ७० लाख ३३ हजार रुपैयाँमात्र भएको छ। कम्पनीले सेयर लगानी नोक्सानीबापत १८ करोड ८ लाख रुपैयाँ छुट्याएका कारण नाफा घटेको हो। यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन।
कम्पनीको व्यवस्थापन खर्च ८।१३ प्रतिशतले वृद्धि भएर २१ करोड ८१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च २० करोड १७ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार २५.२५ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। ३ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ८६ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख १९ हजार ७०२ रहेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार