free website hit counter

नेपालका बाढीपीडितका लागि अमेरिकाले थप ३६ लाख डलरभन्दा बढी सहायता दिने

beemaadmin
२०८३ भाद्र १४, आईतवार

काठमाडौं । अमेरिकी सरकारले नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन घडीमा नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको हो।

अमेरिकी सरकारका अनुसार उक्त सहयोगबाट करिब १० हजार बाढीपीडितलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ।

नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि अन्तर्राष्ट्रिय समुदायबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग घोषणा भइरहेका छन्। अमेरिकाले घोषणा गरेको पछिल्लो सहायता पनि बाढी प्रभावित परिवारको तत्कालीन मानवीय आवश्यकता पूरा गर्न केन्द्रित हुनेछ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार