free website hit counter

नेपालले बन्द गर्यो अनअराइभल भिसा

beemaadmin
२०७६ फाल्गुन १९, सोमबार

काठमाडौं। विश्वले कोरोनाविरुद्ध उच्च सतर्कता अपनाइसक्दा पनि चिनसँगै सीमाना जोडिएको नेपालले भने बल्ल कोरोनाविरुद्ध सतर्कता अपनाउन थालेको छ । कोरोना भाईरसको संक्रमण रोक्नको लागि नेपाल सरकारले बिदेसी पर्यटकका लागि दिदै आएको अनअराइभल भिसा बन्द गरेको हो । मार्च ७ बाट विदेशी पासपोर्टमा नेपाल आउनेहरुलाई विमानस्थलमा दिइदै आएको अन अराइभल भिसा नदिइने भएको छ । मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको जोखिमका कारण अनिश्चितकालका लागि अन अराइभल भिसा बन्द गर्ने निर्णय गरेको हो । अहिलेसम्म नेपालले विश्वका अधिकांश मुलुकका नागरिकलाई अन अराइभल भिसा दिने गरेको छ । विमानस्थलमा ९० दिनसम्मको अन अराइभल भिसा पाउने व्यवस्था रहदै आएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्ने र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने भएको छ । अन अराइभल भिसा स्थगनबाट विदेशको पासपोर्ट लिएका नेपालीहरु पनि प्रभावित हुनेछन् । एनआरएन कार्ड लिएका नेपालीहरुलाई यसबारेमा कस्तो व्यवस्था हुने भन्ने सन्दर्भमा केही बताइएको छैन । तर बिदेसी पासपोर्ट लिएका नेपालीले पनि भिसा लिएरमात्र नेपाल प्रबेस पाउने छन ।

सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान समेत आह्वान गर्ने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुटारमा आकस्मिक छलफल डाकेका थिए। यसैबीच कोरोना भाइरससँग जुध्न अन्य देशले कस्तो तयारी गरिरहेका छन् भन्ने सन्दर्भमा त्यहाँका अनुभव पठाउन परराष्ट्रमन्त्रालयले सम्बन्धित देशमा रहेका कन्सुलेट र दूतावासहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार