free website hit counter

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा

beemaadmin
२०७९ फाल्गुन ११, बिहीबार

काठमाडौं । मुलुककै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट,काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरेको थियो जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गरेको थियो। कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७÷०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आव २०७७÷०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ।
कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगन्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले स्थापनाकाल देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल २९ अर्ब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

सम्बन्धित समाचार