free website hit counter

नेशनल लाइफको नाफा ३९ करोड नजिक, अन्य सूचांक पनि सन्तोषजनक

beemaadmin
२०८१ बैशाख ३०, आईतवार

काठमाडौं । जीवन बीमा व्यवसायमा आफूलाई अब्बल स्थापित गरिसकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्ममा ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३०.३० प्रतिशतले बढेको छ। तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ५० करोड ९७ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म महाविपत्ति कोषमा ४७ करोड ८ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार ८.२६ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा ७२ करोड १० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म १३.३७ प्रतिशतले बढेर ७४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। पुष मसान्तसम्म कम्पनीले १२ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्कआर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ११ अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.४४ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले १२ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ खर्चिएको थियो। तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ईपीएस बढेर १०.३३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ९.०२ रुपैयाँ थियो। पीई रेसियो ५४.८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७५ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार