free website hit counter

नेशनल लाइफको बीमाशुल्क ४ अर्ब नाघ्यो, नाफा पनि ३५ बढ्यो

beemaadmin
२०७९ कार्तिक ३०, बुधबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ अर्ब १८ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २१.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा पनि ३५.०१ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।

सम्बन्धित समाचार