free website hit counter

नेशनल हाइड्रोपावरको नाफा बढ्यो

beemaadmin
२०८० माघ १९, शुक्रबार

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्री मार्फत ५ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ करोड ५८ लाख रुपैयाँ थियो। विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २०.१७ प्रतिशत बढेर ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा १८ पैसा घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ पैसा मात्र रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३० गुणा रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूाजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४ करोड ५९ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार