free website hit counter

नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलिदेखि खुल्ने

beemaadmin
२०७८ फाल्गुन १०, मंगलवार

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तले भोलि फागुन ११ गते बुधबारदेखि फागुन १५ गते आइतबारसम्म ८ करोड २८ लाख ७५ हजार रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु। १०० अंकित दरका ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कूल निष्काशन मध्ये ०।५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर ७७ हजार ४ सय ५३ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने छन् । पछिल्लो समयमा आईपीओमा २७ लाखले आवेदन दिन थालेको हुँदा उक्त कम्पनीको आईपीओमा समेत १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त हुन्छ । कम्पनीले आईपीओ निष्काशनका लागि माघ ९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति पाएको थियो ।

सम्बन्धित समाचार