free website hit counter

पाँच कम्पनीको सवा ४ करोड कित्ता आइपीओ आउँदै

beemaadmin
२०७९ मंसिर ९, शुक्रबार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यी सबैले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४ करोड १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछन्।
सेबोनको अनुमतिसँगै अब एसियन हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको ३४।७१ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। यसैगरी सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको २० प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। सुपर मादी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २ करोड १० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको १५ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। माया खोला हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको ३४ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन चुक्तापुँजीको २९।०२९ प्रतिशत हो। आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार