free website hit counter

पाँच कम्पनीले पाए आइपीओ जारी गर्ने अनुमति, दुई बीमा कम्पनी

beemaadmin
२०८० असार १९, मंगलवार

काठमाडौं । पाँच कम्पनीले आईपीओ निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले यसरी आइपीओका लागि स्वीकृति दिएका कम्पनीहरुमा सिटिजन लाइफ, सन नेपाल लाइफ, मान्डु हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थप प्रिमियम सहित २४४ रुपैयाँका दरले सर्वसाधारणको लागि १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । त्यस मध्ये ५ लाख ६२ हजार ५०० कित्ता शेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमै शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २३९ रुपैयाँका दरले सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । त्यस मध्ये ४ लाख ८० हजार कित्ता शेयर भने कर्मचारीहरुलाई अंकित मूल्यमै शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । मान्डु हाइड्रोपावर लिमिटेडले पनि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २०६ रुपैयाँका दरले १६ लाख ३६ हजार ३७० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। मिड सोलु हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित दरमा १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आइपीओ बिक्री बोर्डबाट अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकोछ ।

सम्बन्धित समाचार