free website hit counter

पुराना दाबी भुक्तानी सल्टाउँदै नेको इन्स्योरेन्स

beemaadmin
२०८० बैशाख ११, सोमबार

काठमाडौं । नेको इन्स्योरेन्सले छिटो छरितो दाबी भुक्तानी नै कम्पनीको व्यवसाय तथा साख वृद्धिको मुल मन्त्र मान्दै आएको छ । कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले ग्राहकहरुको मन जित्न सफल भएको हो । यसैक्रममा दाबी भुक्तानीमा थप सहता प्रदान गर्न कम्पनीले विगत ५ वर्ष देखि ठाउँको ठाउँ भुक्तानीका सेवाहरु पनि प्रदान गर्दै आएको छ । उक्त प्रकृयालाई अझै परिस्कृत गर्दै लैजान योजना रहेकाले कम्पनीले ग्राहक, नियामक निकाय, शेयरधनी तथा सम्बन्धीत सबैलाई विश्वस्त रहन आग्रह गरेको छ । साथै, चालु आर्थिक वर्षको प्रारम्भमा ३ हजार ९ सय ७३ दाबीहरु तिर्न बाँकी थिए भने यस आर्थिक वर्षको चैत्र मसान्तसम्म थपिएको दावी सहित कम्पनीले ७० प्रतिशत दाबी भुक्तानी गरिसकेको छ । भुक्तानी भएका दाबीहरु मध्ये कृषिसंग सम्बन्धित मात्रै २ हजार २ सय ३० दाबीको कुल १० करोड २ लाख रुपियाँभन्दा बढीको रकम भुक्तानी भएको छ । कम्पनीले बाँकी दाबी भुक्तानी पनि यथाशिघ्र घटाउँदै लैजाने बताएको छ ।

सम्बन्धित समाचार