free website hit counter

पुस २२ मा नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा, के के छन् एजेन्डा

beemaadmin
२०७८ मंसिर २८, मंगलवार

काठमाण्डौ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस सेयर वितरण जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार