free website hit counter

पोषकराजलाई दोहोर्याउने सिटिजन लाइफको प्रस्ताव स्वीकृत

beemaadmin
२०७८ पुष २२, बिहीबार

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषकराज पौडेललाई निरन्तरता दिने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएको छ । पौडेलले थप चार वर्षे कार्यकालका लागि निरन्तरता पाएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘सिटिजन लाइफमा पोषकराज पौडेललको कार्यकाल दोहोरिएको छ । उहाँलाई हामीले स्वीकृति दिएका छौं ।’
समितिले दुई वटा कागजपत नपुगेको भन्दै म्याद थपको निर्णय स्वीकृत गर्न ढिलाई गरेको थियो । अपुग पत्र आएपछि स्वीकृति दिइएको जनाइएको छ । पौडेलसँग बहुर्राष्ट्रिय कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स ९मेटलाइफ०मा समेत काम गरेको अुनभव छ । उनी जीवन बीमक संघका उपाध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार