free website hit counter

प्रधानमन्त्री वालेन्द्र शाह आज न्युयोर्क प्रस्थान गर्दै, असोज ८ गते राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्ने

beemaadmin
२०८३ आश्विन ६, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम छ।

Advertisement
Advertisement

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन्।

Advertisement
Advertisement

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई आगामी असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्नेछन्। उनको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारी सहभागी हुनेछन्।

न्युयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। यो उनको पहिलो विदेश भ्रमण हो।

सम्बन्धित समाचार