free website hit counter

प्रभु इन्स्योरेन्सको बोनस घोषणा

beemaadmin
२०८२ असार ९, सोमबार

काठमाडौं । निर्जिवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै इन्स्योरेन्सको बोनस शेयरको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ। असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा बोनस शेयर वितरण गरिनेछ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार