free website hit counter

प्रभु इन्स्योरेन्सको लाभांश पारित

beemaadmin
२०७६ माघ २५, शनिबार

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको छ । ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरि जम्मा १६.३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको हो ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताइन् । लामाले आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवाहरु छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको निति अनुरुप बीमा क्षेत्रमा टेवा पु¥याउन प्रतिवद्ध रहेको बताइन् ।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधाहरु दिने तर्फ जोड दिइएको बताएको छ । बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूजी १ अर्व ५ करोड ६२ लाख ७५ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार