free website hit counter

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

beemaadmin
२०७९ फाल्गुन २४, बुधबार

काठमाडौं । प्रभु इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८–०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७।०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको हो । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले व्यवसाय बृद्धिसंगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्फ बिशेष ध्यान दिई कार्य अगाडि बढाईरहेको बताइन् । साथै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन् ।

सम्बन्धित समाचार