free website hit counter

प्रभु र महालक्ष्मी लाइफले पाए मर्जरको अन्तिम स्वीकृति

beemaadmin
२०८० जेष्ठ ३०, मंगलवार

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनी मिलेर बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लागि नियामक नेपाल बीमा प्राधिकरणले सोमबार अर्थात् जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरमा जाने प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको गत जेठ २६ गते बसेको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यस लगत्तै दुवै कम्पनीले २०७९ असार ३० गते मर्जरको लागि प्रारम्भिक सहमति गरेका थिए । दुवै कम्पनीको २०७७–७८ को सम्पत्ति दायित्वको मुल्याकंनमा भारतीय बीमा कम्पनीले ढिलाइ गरिदिँदा मर्जर प्रक्रिया केही ढिला हुन पुगेको थियो । यद्यपि, मर्जरका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी मर्जरमा जाने पक्का भएको छ ।१ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई कम्पनी मर्जर पश्चात् प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड नाम रहनेछ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)हाल रमेश कुमार भट्टराई बन्ने छन् भने अध्यक्षमा प्रभु लाइफबाट मनोनीत हुने सहमति भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार