free website hit counter

प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

beemaadmin
२०७९ असार ८, बुधबार

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले विशेष साधारणसभा यही असार २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
कम्पनीको पुँजी वृृद्धि एवं अन्य व्यवस्थाहरुसमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न आवश्य संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले भविष्यमा अन्य कुनै बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र तथा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रतास्ताव पनि पारित गर्नेछ। सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार