free website hit counter

प्राइम कमर्सियल बैंकले गर्यो नाफामा प्रगति

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ३० करोड खुद नाफा कमाउन सफल भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोड ९८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड खुद नाफा कमाएको थियो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले २ अर्ब १६ करोड खुद ब्याज आम्दानी र १ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ करोड २४ लाख रुपैयाँ बढी हो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २२ करोड ९२ लाख रुपैयाँ बढी हो।

Advertisement
Advertisement

९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा पुस मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै, बैंकको शेयरधनी कोषमा २ अर्ब ४६ करोड रुपैयाँ र शेयर प्रिमियममा ६ लाख ४४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Advertisement
Advertisement

पुस मसान्तसम्ममा ८६ करोड ५९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको यस बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ पैसा मात्र बढी हो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको निष्क्रिय कर्जा घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो कर्जा ०.१३ प्रतिशतविन्दु घटेर १.४५ प्रतिशतमा झरेको छ। बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ भने कोषको लागत ७.६५ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार