free website hit counter

प्राइम बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

beemaadmin
२०७८ पुष ८, बिहीबार

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावमा सेयरधनीलाई दिन प्रस्ताव गरिएको १६.६ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।

Advertisement
Advertisement

अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहबाट गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यसअघि पनि बैंकका सञ्चालक थिए । बैंक अध्यक्ष श्रेष्ठले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement
TEST

सम्बन्धित समाचार