काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।