free website hit counter

प्राइम लाइफलाई बीमा समितिको कारबाही

beemaadmin
२०७८ माघ १७, सोमबार

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको भन्दै समितिले इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गरेको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार रुपैयाँ नगद जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार