काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४–०७५ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १३२औं बैठकले आर्थिक वर्ष २०७४–७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।