free website hit counter

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाब बीमा दाबी

beemaadmin
२०८२ आश्विन ७, मंगलवार

काठमाडौं । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै सरकारी गाडीको दाबी परेको कम्पनीले जानकारी दिएको छ । मोटर बीमाको मात्रै १ करोड रुपैयाँको दाबी परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश रोकाले बताए । उनका अनुसार कम्पनीमा चारवटा सरकारी गाडीको बीमा दाबी परेको छ । जसमा चितवनको इच्छाकामना गाउँपालिकाको २ वटा, झापाको गौरदह नगरपालिकाको एउटा र दाङको निर्वाचन कार्यालयको एउटा सवारी रहेको छ । कम्पनीमा बीमा दाबी आउने क्रम अझै जारी भएकोले दाबी रकम बढ्न सक्ने सीईओ रोकाले जानकारी दिए । बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार