free website hit counter

फाइनान्स कम्पनीहरुको नाफामा सुधार

beemaadmin
२०८२ माघ १७, शनिबार

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म भने फाइनान्सहरु ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । यस अवधिसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्म दुई कम्पनी मात्रै घाटामा रहेका छन् । सो अवधिसम्म १२ कम्पनी भने नाफामा उक्लिएका छन् । एक दर्जन कम्पनीले मात्रै दोस्रो त्रैमाससम्म ४६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । केही महिनाअघि जेनजी आन्दोलनका कारण फाइनान्स कम्पनीहरुको ऋण असुली प्रभावित बन्दा ब्याज आम्दानी र नाफामा प्रभाव परेको थियो । तर विस्तारै बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुली सहज हुँदै जादा खराब कर्जाको अवस्था घट्दै गई नाफामा सुधार देखिएको छ । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १५.६३ प्रतिशत बढी हो । त्यस्तै, गुडविल फाइनान्सले ११ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९६५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म गुडविल फाइनान्सले १ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसका साथै गोर्खाज फाइनान्सले ६ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सले ३ करोड २० लाख, पोखरा फाइनान्सले २ करोड ९५ लाख, वेष्ट फाइनान्सले १ करोड ७४ लाख, गुहेश्वरी मर्चेण्टले १ करोड ६८ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड २१ लाख, मल्टीपर्पस फाइनान्सले ७८ लाख, रिलायन्स फाइनान्सले १७ लाख र समृद्धी फाइनान्सले ११ लाख रुपैयाँ नाफा कमाएका छन् । सो अवधिसम्म दुई फाइनान्स भने घाटामा रहेका छन् । प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख र नेपाल फाइनान्सले ८ करोड ७३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार