काठमाडौं । कोरोना भाइरसले नेपाली समाजभित्र नराम्रोसँग सञ्जाल विस्तार गरेको अनुमान लगाउन गाह्रो पर्दैन । दिनदिनै सयौंको संख्यामा संक्रमित थपिएसँगै संक्रमणको भयावह अवस्था नआउला भन्न सकिने अवस्था छैन । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ। यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेको संख्या २७ पुग्यो
यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता गौतमले ती महिलाको नाम ठेगाना नखुलेको जानकारी दिए । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।
कुन जिल्लामा कति थपिए ?
पाल्पा- ७६
दाङ- ७५
रौतहट- ५१
डोटी- ४६
कञ्चनपुर- ४२
कैलाली- ३१
बाजुरा- २७
बैतडी- २५
गुल्मी- २५
नवलपुर- २३
कपिलवस्तु- २१
प्युठान-२०
धनुषा- १५
चितवन- १२
सुर्खेत- १२
सुनसरी- १०
बझाङ- ९
लमजुङ- ६
सिरहा- ६
रुपन्देही- ६
गोरखा- ६
दैलेख- ५
महोत्तरी- ४
सल्यान- ४
जुम्ला- ३
दार्चुला- ३
काठमाडौं- ३
सिन्धुली- ३
अर्घाखाँची- ३
जुम्ला- ३
बारा- २
तनहुँ- २
कास्की- २
जाजरकोट- २
अछाम- १
नुवाकोट- १
बाग्लुङ- १
स्याङ्जा- १
नवलपरासी- १
मुगु- १