काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । आज सुनको मूल्य १.६७ प्रतिशत अर्थात ६७ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११६ डलरमा भईरहेको छ । लगातार दुई सेसनको गिरावटपश्चात आज सुनको मूल्य बढेको हो । गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतिऔंस ४ हजार ३८१ डलर पुगेको थियो । तर त्यसपछि भने सुनमो भाउमा उच्च गिरावट आएको थियो । जुन विगत ५ वर्षकै उच्च गिरावट हो । यो वर्ष सम्पूर्ण आधारभूत तत्वहरुले सुनको भाउको वृद्धिलाई टेवा पुर्याएका छन् । मूल्य घटेको मौका छोपी लगानीकर्ताले खरिद बढाउँदा र विश्व भू–राजनीतिक तनावका कारण सुनको मूल्य बढेको विश्लेषकहरुले बताएका छन् । यो वर्ष सुनको मूल्य ५७ प्रतिशतले बढिसकेको छ । यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज ०.५४ डलरले बढ्दै प्रतिऔंस ४८.६३ डलरमा कारोबार भईरहेको छ ।