free website hit counter

फेरि राख्यो सुनले ऐतिहासिक रेकर्ड

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजारपाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार