free website hit counter

बचत गर्ने बानी बसाल्न सनराइजको प्रयास

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । सर्वसाधारण नागरिकमा बचत गर्ने बानीको विकास गर्ने अभियानस्वरुप सनराइज बैंकले रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।
खाता खोल्दा न्युनतम बचत रु. १००० र त्यस पछि एक पटकमा न्युनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिने बताइएको छ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हुँदैजाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्दति खातासरह नै पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिन्छ ।
यस खाताको आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्दति खातासरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन पाइने व्यवस्था छ ।
हाल बैंकले मुद्दति खातामा ९.२५ प्रतिशत मा थप ०.५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक, साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार