free website hit counter

बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला अस्वस्थ, अपरेशन सम्पन्न

beemaadmin
२०७७ माघ १०, शनिबार

काठमाडौं । मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइराला अस्वस्थ भएका छन्। डा कोइरालाको स्वास्थ्यमा बुधबार एक्कासी समस्या देखिएपछि ह्याम्स हस्पिटलमा भर्ना गरिएको थियो।

उनको उनको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ। उनको मिर्गौलामा पत्थरीको समस्या देखिएको छ। पत्थरी शल्यक्रियामार्फत निकालिएको बताइएको छ।

Advertisement
Advertisement

प्राडा प्रेमराज ज्ञवाली, डा सुमन चापागाईं र डा सुजित पौडलको टोलीले कोइरालाको शल्यक्रिया गरेको हो। हालको उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पताल जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार