काठमाडौं। बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव लिएकी बरिष्मा साउद आचार्य लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्त भएकि छन् । कम्पनीको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा हिजोबाट कार्यभार सम्हालेकी छिन् । यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेनजरेको रुपमा कार्यरत थिईन् ।