free website hit counter

बरुण हाइड्रोपावरको नाफा पौने ५ करोड

beemaadmin
२०८२ बैशाख २८, आईतवार

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड २७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले कुनै विद्युत बिक्री आम्दानी गरेको थिएन। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएका कारण सो अवधिमा विद्युत बिक्री आम्दानी नभएको हो। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ लाख ७८ हजार रुपैयाँ धनात्मक भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको कुल नाफा ४ करोड ७४ लाख रुपैयाँ रहेको छ भने गैर सञ्चालन आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ५ करोड २ लाख रुपैयाँ र वित्तीय खर्च २ करोड २७ लाख रुपैयाँ रहेको छ। ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ करोड ५३ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ९० पैसा रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार