काठमाडौं । आइपीओ जारी गर्न फेरि दुई कम्पनीले प्रक्रिया शुरु गरेका छन् । बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका हुन् । बलेफीले फागुन २५ गते र ग्रीन भेन्चर्सले फागुन २८ गते आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुगेको हो । बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ लाख ५५ हजार ९४० कित्ता अर्थात ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न माग गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोवल आइएमई क्यापिटलले गर्नेछ । यस्तै ग्रीन भेन्चर्सले पनि ६२ लाख ५० हजार कित्ता अर्थात ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न बोर्डसंग अनुमति मागेको छ । कम्पनीको शेयर निष्काशनको लक्ष्मी क्यापिटलले गर्नछ ।