काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिन बाँकी बीमा दाबी भुक्तानी रकम बुझिलिन बीमित तथा हकवालालाई आग्रह गरेको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै विभिन्न बीमा योजनाअन्तर्गत नियमानुसार भुक्तानी पाउनुपर्ने रकम नलिएका बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
कम्पनीका अनुसार बीमालेखको पूर्ण अवधि पूरा भएपछि प्राप्त हुने परिपक्वता दाबी भुक्तानी, आंशिक दाबी भुक्तानी तथा चुक्ता मूल्यबापतको रकम लिन बाँकी रहेको छ। त्यस्ता रकम लिन बाँकी बीमित तथा सम्बन्धित हकवालाले आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी लिन सक्नेछन्।
कम्पनीले आवश्यक कागजातसहित नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेखअनुसार प्राप्त गर्नुपर्ने रकम यथाशीघ्र बुझिलिन आग्रह गरेको छ।