free website hit counter

बागमतीले बनायो सचिवको नेतृत्वमा उच्चस्तरीय समिति

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौं । कोरना भाइरसप्रति बागमती प्रदेश सरकारले विशेष कार्यक्रमका साथ चेतनामूलक कार्यक्रम अघि बढाएको छ । बागमती प्रदेश सरकारले कोरना भाइरस नेपाल छिर्न नदिन, छिरेमा गरिने कार्यको लागि दुईवटा समिति गठन गरेको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेश स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको निर्देशनालयका  निर्देशक रमेशप्रसाद अधिकारीले जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको संयोजकत्वमा गठित उच्चस्तरिय समितीमा स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक वसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की र सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाई सदस्य सचिव रहने गरि उच्च स्तरिय समिति गठन भएको बताइएको छ ।

Advertisement
Advertisement

यसैगरी स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीको संयोजकत्वमा गठित प्रदेश स्तरीय द्रुत प्रतिकार्य समितिका सदस्यहरुमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य छन् ।

Advertisement
Advertisement

प्रदेश सरकारले नाकामा विशेष सावधानी अपनाउँदै कोरोना भाइरस नेपाल र चीनबीचको नाका हुँदै आउने मानिस माध्यमबाट आउन सक्ने भन्दै तातोपानी र केरुङ नाकामा विशेष सावधानी अपनाउन डेस्क राखिएको छ । निर्देशनालयले संक्रमितलाई परीक्षण गर्दा चिकित्सकलाई समेत यो भाइरस सर्न सक्ने भएकाले प्रदेशभरीका सरकारी अस्पतालहरूमा चिकित्सक लागि आवश्यक सामग्री खरिद गर्न निर्देशन दिइसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक वसन्त अधिकारीले बताएका छन्।

सम्बन्धित समाचार