free website hit counter

बीपी राजमार्गमा फेरि खस्यो ठूलो पहिरो, यातायात रोकियो

beemaadmin
२०८१ आश्विन २५, शुक्रबार

काठमाडौं । झण्डै दुई साताअघिको भारी बर्षपछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा नआउँदै फेरि अर्को ठूलो पहिरो खसेको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले एक गाडिलाई नै पुरेको छ । उक्त गाडी उद्दार गर्न गएको डोजर समेत पहरोमा परेर पल्टिएको छ । खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्बरको बस पहिरोमा परेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन् । डिभिजन सडक कार्यालय भक्तपुरले सडक खुलाउने प्रयास भइरहेको बताउँदै पहिरो खसिरहेकाले खुलाउने प्रयास ढिलो भएको बताएको छ । बाढी पहिरोले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आजै बिहानबाट एकतर्फी सञ्चालनमा ल्याइएको थियो । अहिले प्रहरीले बीपी राजमार्गबाट यात्रा नगर्न सार्वजनिकरुपमा आव्हान गरेको छ ।

सम्बन्धित समाचार