free website hit counter

बीमा बोर्डमा डा लोहनीको नाम प्रस्ताव

beemaadmin
२०८० कार्तिक २२, बुधबार

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलमा डा चोपलाल भुसाल र स्वास्थ्य बीमा बोर्डमा डा गुणराज लोहनीलाई अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि स्वास्थ्य मन्त्री मोहन बस्नेतले भुसाललाई काउन्सिलमा र लोहनीलाई बीमामा अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन फाइल तयार पार्न मन्त्रालयमा निर्देशन दिएका थिए। मन्त्री बस्नेतको निर्देशनपछि दुबै जनाको नामको प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको स्रोतले जानकारी दिएको छ। काउन्सिलमा अध्यक्षका लागि नाम सिफारिस भएका डा भुसाल नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष समेत हुन्। डा भुसाल बंगलादेशका लागि नेपालको पूर्व राजदूत समेत हुन्। डा भुसाल नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष पनि हुन्। यस्तै डा लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन्। डा लोहनी सेवामा रहँदा बीमा बोर्डमा समेत बसेर काम गरेका थिए।

सम्बन्धित समाचार