free website hit counter

बीमितको घरैमा पुगेर आइएमई लाइफले दियो १४ लाख दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन १४, बिहीबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित नन्द कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । जिल्ला झापा शिवसताक्षि नगरपालिका ११, निबासी बीमित कार्कीले करिब ३ वर्ष अघि उक्त कम्पनीको शाखामा वैदेशिक रोजगारीमा जानको लागि म्यादी बीमा गराएका थिए । उनको गत जेठ २१ गते मलेसियामा नै असामायिक निधन भएको थियो ।
बीमित कार्कीको परिवारले कागजात उपलब्ध गराएको ७ दिनभित्रमा नै असोज १३ गतेका दिन बीमित कार्कीकी श्रीमति कान्ति भट्टराई ९निर्मला०लाई उनकै घरमा गई बीमा वापतको १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका प्रदेश १ का प्रमुख मिलन दाहाल र दमक शाखाका प्रमुख देवेन्द्र कोइरालाले हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार