free website hit counter

बेलायतमा एकैदिनमा कोरोनाबाट ५ सय ६३ जनाले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र १९, बुधबार

लण्डन । विश्वका सबैजसो मुलुकमा आतंक मच्चाइरहेको कोरोना भाइरसले बेलायतमा एकै दिनमा ५ सय ६३ जनाको ज्यान लिएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ ।
स्वास्थ्य विभागले दिएको जानकारी अनुसार दैनिक ४ हजार ३ सय २४ का दरले कोरोना संक्रमणका रोगीहरु बढ्ने गरेका छन् । बेलायतमा हालसम्म २९ हजार ४ सय ७४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोनाको संक्रमण शुरु भए यता करिब २ हजार स्वास्थ्यकर्मीको कोरोना भाइरस परिक्षण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कोरोनाको कारणबाट विश्वमा ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार