free website hit counter

भागवण्डा मिलाउने जिम्मा माधव नेपालको काँधमा

beemaadmin
२०७७ पुष २०, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक विभाजन नभए पनि दुई पार्टीभित्र पदको भागवण्डा शुरु भएको छ । प्रचण्ड–नेपाल समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। समूहको पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता टुंग्याउने र नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारीसहित अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा अध्यक्ष भइसकेपछि माधव नेपालले पहिलोपटक अध्यक्षता गर्दै स्वागत मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आफ्नो सम्बन्ध र ओलीले कसरी संगठनको नियम उल्लंघन गर्छन भन्ने ब्रिफिङ गरेका थिए। बैठकमा ८ वटा एजेण्डामाथि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। ‘मोर्चा बनाएर जाने विषयमा छलफल भयो। सकेसम्म सबै दलसँग नभए जो सँग मिल्छ त्यसैसँग मिलेर जाने सहित ८ वटा एजेण्डामाथि छलफल प्रारम्भ भएको छ। भोलि १२ बजेदेखि फेरि स्थायी कमिटी बैठक छ। छलफल हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार