free website hit counter

भारतमा संक्रमित ३६ सय बढी, १ सय ९ को मृत्यु

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ। भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ।
महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ। पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार