free website hit counter

भोटेकोशी बाढी प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १४, आईतवार

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले शनिबार काठमाडौंमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।

Advertisement
Advertisement

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र अन्य प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

Advertisement
Advertisement

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत कार्यलाई प्रभावकारी बनाउन आफ्नो योगदानले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति बैंक परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा जनजीवन सामान्य बनाउन सरकार र सरोकारवाला निकायबाट भइरहेका प्रयास सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित समाचार