free website hit counter

भोटेकोशी बाढीपछि सिद्धार्थ प्रिमियरमा १ अर्ब १० करोडभन्दा बढीको बीमा दाबी

beemaadmin
२०८३ आश्विन १, बिहीबार

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबापत सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।

कम्पनीका अनुसार बुधबार दिउँसो १२ बजेसम्म १६० भन्दा बढी बीमालेखबाट उक्त रकम बराबरको दाबी परेको हो। कम्पनीका दाबी विभाग प्रमुख सुवोध कर्मचार्यले दाबी आउने क्रम अझै जारी रहेकाले रकम थप बढ्न सक्ने बताए।

उनका अनुसार कम्पनीमा सबैभन्दा धेरै मोटर तथा सम्पत्ति बीमाअन्तर्गतका दाबी परेका छन्। ‘दाबी आउने क्रम अझै जारी छ । यो क्रम केही समय रहने देखिन्छ,’ कर्मचार्यले भने।

कम्पनीले प्राप्त दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाइसकेको जनाएको छ। सर्भेयरमार्फत प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण, क्षतिको मूल्यांकन तथा विवरण संकलनको काम भइरहेको कर्मचार्यले जानकारी दिए।

क्षतिको विस्तृत मूल्यांकन सम्पन्न भएपछि मात्रै दाबीको वास्तविक रकम यकिन हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार