free website hit counter

भ्याक्सिनविना रोकिँदैन कोरोना : डब्लुएचओ

beemaadmin
२०७७ बैशाख २, मंगलवार

एजेन्सी । विज्ञानलाई चुनौती दिँदै विश्वभर साम्राज्य जमाइरहेको कोरोनाको नियन्त्रण भ्याक्सिनको आविष्कारपछि मात्रै रोकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले भनेका छन्, हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ । सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।

सम्बन्धित समाचार