free website hit counter

मध्यराति २ जना सवार कार विष्णुमतीले बगायो

beemaadmin
२०८२ असार १२, बिहीबार

काठमाडौं । काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीको प्रहरीले उद्धार गरेको छ। उद्धारका क्रममा प्रहरी र स्थानीय पनि घाइते भएका छन्। गएराति सवा १० बजेतिर काठमाडौँको टोखा नगरपालिका ६ ग्राण्डी अस्पताल पछाडीबाट बा.प्र.०१-०३१ च ६१४१ नम्बरको प्राइभेट कार विष्णुमती खोलामा खसेको थियो। दुईजना सवार कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। कार बिष्णुमतीमा खसेपछि चालक सिंह तत्लालै गाडीबाट बाहिर निस्केपनि एक महिला यात्रु भने कारसहित बाढीमा बगेकी थिइन्। दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्दै आएकी ३४ वर्षीया भावना ओलीलाई प्रहरीले राति नै स्थानीयको सहयोगमा बाढीबाट बाहिर निकालेको छ। उनलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। उनको उद्धार गर्ने क्रममा तीन जना प्रहरी र दुईजना स्थानीय पनि घाइते भएका छन्, एसपी बोहोराले भने, उनीहरु सबैको बसुन्धारा स्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि आज बिहान डिस्चार्ज भएका छन्। प्रहरीका अनुसार बाढीले बगाएको कार बाँनियाटार पुलमा पुगेर अड्किएको थियो। गाडी अड्किएको मौकामा स्थानीय र प्रहरीले ती युवतीको उद्धार गरेका हुन्। उद्धारमा खटिएका तीन प्रहरी र दुई स्थानीयसमेत घाइते भएका प्रहरीले जनाएको छ। घाइते महिलासँगै उनीहरुको पनि बसुन्धारास्थित ग्रिनसिटि अस्पतालमा उपचार गरिएको छ। गएराति १२ बजेतिर क्रेनको सहायताले कारलाई पनि खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। उद्धारको क्रममा प्रहरी परिसर सीआरभी दरबन्दी भई हाल प्रहरी प्रभाग टोखामा कार्यारत प्रहरी हबलदार उमेश कुमार लोहोनी, प्रहरी पहरा गण सामाखुसी दरबन्दी भएका प्रहरी सहायक हबलदार समिर बिक, प्रहरी बृत दरबारमार्ग दरबन्दी भई हाल प्रहरी प्रभाग टोखामा कार्यारत प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई हाल हाल टोखा बस्दै आएका १९ वर्षीय अर्जुन गुरुङ र सोही ठाउँका २९ वर्षीय राजु तामाङ पनि घाइते भएका छन्। उद्धारमा प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा २० जना र बिपद ब्यवस्थापन प्रहरी कार्यालयबाट २५ जना गरी ४५ जना प्रहरी परिचालन भएका एसपी बोहोराले जानकारी दिए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार