free website hit counter

मर्जरको सम्भावना खोज्दै एनसीसीले गर्याे लाभांश पारित

beemaadmin
२०७६ माघ १८, शनिबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २२ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १५ प्रतिशत लाभांश पारित गरेको छ। सभाले पूँजीको १५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न समेन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

Advertisement
Advertisement

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

Advertisement
Advertisement

सभामा बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले बिग मर्जरको लागि कुरा गरिरहेको बताउँदै  छिटै निष्कर्शमा पुग्ने बताउनुभएको थियो । मर्जरको आवश्यकतामाथि जोड दिँदै अब मर्जरमा जान वित्तीय संस्थाहरुले ढिला गर्न नहुने धारणा उहाँको थियो । बैंकको हालसम्म १२० वटा शाखा कार्यलय र ४ वटा एक्सटेनशन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ।

सम्बन्धित समाचार