free website hit counter

महालक्ष्मी लाईफको बोनस दर सर्बाधिक, ५० देखि ५२ रुपैयाँसम्म बोनस

beemaadmin
२०७७ मंसिर ३, बुधबार

काठमाडौँ । बीमा बजारमा थुप्रै नयाँ कम्पनीबीच प्रतिस्पर्धा चलिरहेको बेला महालक्ष्मी लाईफले सर्बाधिक बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–०७६ को लागि बीमितलाई दिने बोनस दर सर्वाधिक घोषणा गरेको हो ।

कम्पनीले प्रतिहजार न्युनतम रुपैयाँ ५० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।

महालक्ष्मी सरल जीवन बीमालेखका लागि कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर तोकेको छ ।
महालक्ष्मी जीवन हेरचार बीमालेखका लागि ५ देखि १५ वर्ष अवधिको ८५ रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार